मुख्य सामग्रीमा स्किप गर्नुहोस्
MOOCS
  • पाठ्यक्रमहरू हेर्नुहोस्
  • MOOCs बारे
  • सम्पर्क
  • अझ धेरै
ने
EN ने
लग ईन
नेपालको आधुनिक मोबाइल सिकाइ मञ्च

Learn Digital Skills Simply & Safely

A free 7-day course to use your phone and the internet with confidence. No prior technical experience needed. Join thousands of learners in Nepal.

पासवर्ड बिर्सनुभयो?

खाता छैन? नयाँ खाता खोल्नुहोस। खाता खोल्नुहोस्

खाता खोल्नुहोस्
MOOCS
पाठ्यक्रमहरू हेर्नुहोस् MOOCs बारे सम्पर्क
ने
EN ने
लग ईन खाता खोल्नुहोस्

    MOOCs बारे

    व्लकहरु

    व्लकहरु

    सामा सामाको बारेमा · सबैका लागि सिकाइ

    हामी सँगै सिक्दा प्रविधि सम्भव लाग्छ।

    पाठ्यक्रमहरू हेर्नुहोस् → हाम्रो समुदायलाई भेट्नुहोस्
    about-us-banner
    सिकाइलाई सरल, सुलभ र व्यावहारिक बनाइएको छ।

    MOOCs बारे

    MOOCS 'SAMA SAMA' परियोजनाअन्तर्गत विकास गरिएको एक सिकाइ मञ्च (learning platform) हो। यसलाई मानिसहरूमा डिजिटल प्रविधि, अनलाइन सुरक्षा तथा 'SAMA SAMA' मार्फत विकास गरिएका विभिन्न उपकरण र मञ्चहरूबारे व्यावहारिक ज्ञान अभिवृद्धि गर्न मद्दत पुर्याउने उद्देश्यले तयार पारिएको हो।

    यस मञ्चले सिकाइलाई सरल र व्यवस्थित पाठ्यक्रमहरूमा समेटेको छ, जसलाई तपाईंले आफ्नो गतिअनुसार पूरा गर्न सक्नुहुन्छ। प्रत्येक पाठ्यक्रमलाई पाँचवटा मोड्युलमा र प्रत्येक मोड्युललाई पाँचवटा अध्यायमा विभाजन गरिएको छ, जसले गर्दा सिक्दा कुनै किसिमको बोझ वा अलमल महसुस नगरी चरणबद्ध रूपमा अघि बढ्न सजिलो हुन्छ।

    MOOCS सबैका लागि तयार पारिएको हो, जसमा डिजिटल प्रविधिसँग कम परिचित व्यक्तिहरू पनि समावेश छन्। स्पष्ट सामग्री, सजिलो नेभिगेसन, पढ्न सहज हुने अक्षरको शैली (typography), प्रगतिको अनुगमन र अडियो-समर्थित सिकाइको सुविधासहित, यस मञ्चले डिजिटल सिकाइलाई थप सहज, सरल र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।

    आफ्नै गतिमा सिक्नुहोस्। आफ्नो ज्ञान बढाउनुहोस्। आत्मविश्वासका साथ अर्को पाइला अघि बढाउनुहोस्।

    ०१ / ज्ञान

    तपाईंलाई आवश्यक जानकारीमा पहुँच पाउनुहोस् — सबै एकै ठाउँमा।

    स्थानीय शासन, नीति, कानुन, सेवा र नागरिक दायित्वहरूबारे एकै ठाउँमा जानकारी लिनुहोस्।

    ०२ / आत्मविश्वास

    नेतृत्व र निर्णय प्रक्रियामा आत्मविश्वास बढाउनुहोस्।

    नेतृत्व, निर्णय प्रक्रिया, योजना तर्जुमा, बजेट तर्जुमा र प्रभावकारी सहभागिताका बारेमा सिक्नुहोस्।

    ०३ / कार्य

    आफ्नो समुदायमा व्यावहारिक सीपहरू प्रयोग गर्नुहोस्।

    आफ्नो समुदायमा प्रयोग गर्न सकिने व्यावहारिक डिजिटल सीप र ज्ञान विकास गर्नुहोस्।

    सहकार्यमा

    सिकाइलाई अझ सुलभ बनाउन हामीलाई सघाउने विश्वसनीय साझेदारहरू।

    SAMA SAMA

    समुदाय-केन्द्रित सिकाइ र सहयोग

    स्थानीय साझेदारहरू

    सिकारुहरूलाई सफल हुन मद्दत गर्ने स्थानीय साझेदारहरू।

    सामुदायिक सहयोग

    सिकारुहरूलाई हरेक पाइलामा सहयोग।

    कसरी काम गर्छ

    सिक्न सुरु गर्ने एउटा सरल तरिका।

    icon
    १
    चरण १

    पाठ्यक्रमहरू हेर्नुहोस्

    पाठ्यक्रमहरू हेर्नुहोस् र आफूलाई रुचि लाग्ने कुरा पत्ता लगाउनुहोस्।

    icon
    २
    चरण २

    सिक्नुहोस्

    सरल अध्याय, गतिविधि र अडियो-समर्थित पाठहरू हेर्नुहोस्।

    icon
    ३
    चरण ३

    बढ्नुहोस्

    क्विजहरू पूरा गर्नुहोस्, आफ्नो प्रगतिको ट्र्याक राख्नुहोस् र आत्मविश्वास बढाउनुहोस्।

    MOOCS
    नेपालमा पहिलो पटक इन्टरनेट सिक्नेहरूका लागि डिजिटल प्रविधिलाई पहुँचयोग्य र सहज बनाउने।
    द्रुत लिङ्क
    • पाठ्यक्रमहरू हेर्नुहोस्
    • MOOCs बारे
    • सम्पर्क
    © 2026 MOOCS All rights reserved.
    facebook-icon
    twitter-icon
    linkedin-icon
    instagram-icon
    Data retention summary
    Get the mobile app